७ आश्विन २०८१, सोमबार
अर्थ मुख्‍य समाचार राजनीति समाचार

विद्युतीय व्यापार विधेयक २० वर्षसम्म काम गर्ने गरि पारित गर्छौ : सभापति

१६ साउन, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक संशोधनको लागि छलफल सुरु गरेको बताएका छन् ।

बुधबार सिंहदरबारमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरुसँगको छलफलमा उनले चार जना मन्त्रीहरुसँग २० वर्षसम्म परिमार्जन नगरी विधेयकले काम गर्ने गरी संशोधन गर्ने बारे छलफल भएको बताए ।

उनले भने, ‘आज चार जना मान्य ज्युहरुसँग पनि छलफल भएको छ । आ–आफ्नो धारणा उहाँहरुले राख्नुभएको छ । कम्तीमा २० वर्षसम्म यो विधेयकले काम गरोस, परिमार्जन गर्न नपरोस् भनेर मन्त्री ज्युहरुले पनि धारणा राख्नुभएको छ । हामीले व्यापक छलफल गरेर सकेसम्म छिटो सम्पूर्ण सरोकारवालाहरुसँग बसेर उहाँहरुको धारणा सुझावका आधारमा हामीले यो विधेयक प्रतिनिधिसभामा पेश गछौं ।’

उनले जम्मा संशोधनकर्ता २२ जना रहेकोमा आज चार जनासँग छलफल भएको र बाँकी छलफल भोलीदेखि निरन्तर गर्ने जानकारी दिए ।

उनले अनलाई व्यापारको क्षेत्र व्यापक भएतापनि ग्राहकहरु ठगीने समस्या रहेको बताए ।

उनले भने, ‘अहिले हामीले जुन भौतिक रुपमा काम गरेका छौं । तर त्यो नभएर अनलाईन र इन्टरनेट मार्फत सेवा र वस्तु आफ्नै घरमा उपयोग गर्न पाउँछन् । त्यसैले यसको व्यापाक रुप छ । तर पहिले नै भुक्तानि गर्नुपर्ने हुँदा गुणस्तर सामग्री नआउने जस्ता समस्या भने छन् ।’

प्रतिक्रिया दिनुहोस्