Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दार्चुलाकाे एक गोठमा आगलागी

राताे कागज स‌‌वाददाता
9 महिना अघि

१६ साउन, दार्चुला । दार्चुलाकाे एक गोठमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ दर्माका तेजसिं खत्रीको गोठमा आगलागी भएको हो।

गोठमा किरा भगाउँन बालेको आगो गोठमा सल्केर आगलागी भएको हो। आगलागीबाट एक गोरु र एक भैँसी मरेको छ। गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ। मानवीय क्षति भने केही नभएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया