७ आश्विन २०८१, सोमबार
राजनीति समाचार

रवि लामिछाने निकट एआइजीमाथि कारबाहीको तयारी

१६ साउन, काठमाडौँ  । निवर्तमान गृहमन्त्री रवि लामिछाने निकट भएको आरोप लागेका नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीमाथि छानविन अघि बढेको छ । सरकार फेरिएलगत्तै ज्ञवालीमाथि छानविन गर्न एआइजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनेको हो ।बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको सरुवाको समेत तयारी गरेको गृह मन्त्रालय स्रोत बताउँछ ।

स्रोतकाअनुुसार लामिछाने गृहमन्त्री हुँदा आइजिपी बसन्तबहादुर कुँवरलाई बाइपास गरेको मुख्य आरोप ज्ञवालीमाथि छ । लामिछानेसँग मिलेर कांग्रेस नेतृ आरजु देउवालाई पक्राउ गर्ने तयारी ज्ञवाली लगायत केही प्रहरीले गरेको आरोप लागेको थियो । सोही कारण ज्ञवालीमाथि छानविन गरेर हटाउन लागिएको छ ।

लामिछाने गृहमन्त्री भएपछि उनले ज्ञवालीलाई सिआइबीमा सरुवा गरेका थिए । यो क्रममा सिआइबीले करिब ३२ सय केजी सुन तस्करीको विस्तृत अनुसन्धान गरेको थियो । साथै, बासबारी छालाजुत्ता उद्योग, बाल संगठन, मेगा बैंकको हिनामिना लगायतका विषयमा पनि छानविन गरेको थियो । उनको कार्यकालमा भएका अनुसन्धानका फाइलहरुसमेत झिकाएर प्रहरी प्रधान कार्यालयले छानविन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्