Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

घाइते अवस्थामा भेटिएकी एक महिलाको मृत्यु

राताे कागज स‌‌वाददाता
9 महिना अघि

१७ साउन,धनगढी ।  कैलालीको गेटामा घाइते अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–५ गेटा मेडीकल कलेज नजिक घाइते अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

नाम ठेगाना नखुलेकी अन्दाजी ३५ वर्षकी महिलाको टाउको पछाडीको भागमा चोट लागेर घाईते अवस्थामा फेला परेकी थिइन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया