५ आश्विन २०८१, शनिबार
समाचार

अब राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

१७ साउन, काठमाडौँ । अब राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने भएको छ ।

सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना जारी गर्दै अब राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएर फोटो खिच्न पाइने जानकारी दिएको हो ।

पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै सबै सम्बन्धित निकायलाई ४ बुँदे निर्देशनसमेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्