७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

१७ साउन, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

विहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई पद तथा गोपनियताको शपथ गराएको हो ।

देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्