कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/05/Karnali_Province_map-850x700.jpg)
१८ साउन, कर्णाली । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका हुन् ।
यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मिएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए ।
प्रतिक्रिया दिनुहोस्