७ आश्विन २०८१, सोमबार
अनौठो संसार मुख्‍य समाचार समाचार समाज

यस्तो गाउँ, जहाँ महिलाले साउनमा लुगा लगाउँदैनन्

१८ साउन, काठमाडौं । भारतको एउटा  गाउँ यस्तो छ  जहाँ साउन महिनामा महिलाले ५ दिनसम्म लुगा लगाउँदैनन् । यो गाउँका महिलाले किन साउनमा पाँच दिनसम्म लुगा लगाउँदैनन्, कारण थाहा पाउँदा सबैलाई अचम्म लाग्न सक्छ।

यो गाउँ हिमाचल प्रदेशको मणिकरण उपत्यकामा अवस्थित छ। यस गाउँको नाम पिनी गाउँ हो । पाँच दिन लुगा नलगाउने परम्परा यहाँ शताब्दीयौंदेखि चलिआएको छ । यहाँका महिलाले साउन महिनामा विशेष पाँच दिन  लुगा नलगाउने भएकाले गाउँमा बाहिरी व्यक्तिलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइन्छ ।

गाउँलेहरूका अनुसार शताब्दीयौं अघि उनीहरूको गाउँ दानवले ओगटेको थियो । दानवहरूले गाउँका विवाहित महिलाहरूलाई सुन्दर लुगा लगाएर लैजान्थे । गाउँलेहरूलाई दानवहरूबाट बचाउन ‘लहुआ घोण्ड’ नामक देवता प्रकट भए । देवताले राक्षसहरूलाई परास्त गरे।

महिलाले राम्रा लुगा लगाएको खण्डमा आजका दिनमा पनि भूतले उठाएर लैजान्छ। त्यसैले महिलाहरू साउन महिनाका पाँच दिन लुगाबिना बस्ने गर्छन् । त्यो समयमा यदि कुनै महिलाले आफ्नो शरीर ढाक्न चाहन्छन् भने, ऊनले बनेको कपडा प्रयोग गर्न सक्छिन् । यो नियम पुरुषका लागि भने लागु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्