१५ आश्विन २०८१, मंगलवार
अर्थ मुख्‍य समाचार राजनीति

विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको दबाब

१८ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक २०८०छिटो पारित गर्न आग्रह गरेका छन् ।
शुक्रबार उद्योगतथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सँगको छलफल उनले यो विधेयक पारित भएई–कमर्शबाट सञ्चालनहुने व्यापारमा सहजता आउने भन्दै छिटो पारित गर्न समितिलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘एक साताभित्र साझानिष्कर्षमा पुगेर संशोधनलाई समेत समेट्ने गरि एउटा निष्कर्षमा पुग्न सकिन्छ । त्यसैले विधेयकलाई पारित गरौं ।विधेयकपारित भएपछि उत्साह पैदा हुनेछ । ई–कमर्शबाट सञ्चालनहुने व्यापार कारोबारहरुलाई नियमन गर्ने कुरा, यसलाई सञ्चालन गर्ने कुरामा सहजता हुन्छ । यसबाट सरकारको पनिविजिनेस बढ्ने छ ।’

उनले संशोधन प्रस्तावहरुको केही महत्वपूर्ण दफाहरुमामन्त्रालयले पनिआवश्यकतयारी गर्ने भन्दै सभापतिले दलगत रुपमा संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनिमन्त्रालयतयार रहेको बताए ।

उनले भने, ‘आएको संशोधन प्रस्तावहरुको छलफलबाट अगाडि बढाएर संशोधनका केही महत्वपूर्ण दफाहरुमामन्त्रालयले पनिआवश्यकतयारी गर्नेछ । समितिको तर्फबाट सभापतिले दलगत रुपमा संशोधनकर्ताहरुको प्रतिनिधित्व गर्ने गरि छलफल र संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनिमन्त्रालयतयार छ ।’
यस्तै, उनले संसदले विजिनेसनपाएको बेलामा समितिहरुमा धेरै विधेयकहरु छलफलमा रहेकोभन्दै कानूनको अभावले प्रभावितभएको कामहरुलाई यतिबेलानिष्कर्ष दिन र सरकारलाई पनिप्रभावकारीबनाउन सकिने बताए ।

उनले भने, ‘संसदले विजिनेस नपाएको बेलामा समितिहरुमा धेरै विधेयकहरु छलफलमा छन् ।अतिआवश्यककानूनहरुसंविधान संशोधनकालागिपनिआवश्यक छन् त्यसैले ऐनहरुबाट संविधानकार्यान्वयनमा बल पुग्छ । यतिबेला सबैले बढीउत्सुकतादेखाएर संसदलाई पनिविजिनेस दिने र कानूनअभावले प्रभावितभएको थुप्रै कामहरुयतिबेलानिष्कर्ष दिन सकिन्छ । सरकारलाई पनिप्रभावकारीबनाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्