१४ आश्विन २०८१, सोमबार
मनोरन्जन मुख्‍य समाचार

‘माइतीघर’सार्वजनिक

१८ साउन, काठमाडौँ । हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’सार्वजनिक गरिएको छ ।
गायिका सीता परियारले गाएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ । “गीतमा माइतीसँग चेलीको माया र चाडसँग जोडिएको परम्परागत संस्कारलाई जोडिएको छ”,गायिका परियारले भने।
तीजसँग जोडिएको मौलिकता झल्किने यस गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गरेका हुन् । गीतको सार्वजनिक श्रव्यदृश्यमा स्मारिका ढकालले अभिनय गरेका छन् । उक्त श्रव्दृश्यमा तीजको हर्षोल्लासका साथै चेलीको वेदनालाई पनि प्रस्तुत गरिएको छ ।  श्रव्यदृश्यमा मुकेश नेपालीले नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईंले सम्पादन र विशाल घिमिरेले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्