७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

राजर्षि जनक विश्वविद्यालयको स्ववियु सभापतिमा यादव विजयी

१८ साउन, धनुषा । राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घका प्रवेश यादव विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी प्यानलका श्याम साहलाई पराजित गर्दै यादव विजयी भएका हुन् ।

यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका राजु अधिकारी, कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घका शिवशङ्कर साह तथा सदस्यहरुमा नेविसङ्घका रामकुमार महासेठ, पूजा यादव, प्रितीकुमारी कुर्मी, ज्योती दत्त र रञ्जना पासवान तथा संयुक्त विद्यार्थी प्यानलकी सृष्टि चौधरी निर्वाचित भएका निर्वाचन समितिका सदस्य शम्भु पोखरेलले जानकारी दिए ।

विश्वविद्यालय स्थापना भएको ६ वर्षपछि १५ सदस्यीय कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको हो । विश्वविद्यालयमा भर्ना भएका चार सय ७५ विद्यार्थीमध्ये चार सय ४४ जना मतदानमा सहभागी भएका निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचनमा ६ राजनीतिक दल निकटका विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्