३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

विवादपछि अफगानिस्तानसँगको पाकिस्तानी सिमाना तोरखाममा थप कडाइ

१८ साउन, पाकिस्तान । सिमामा कार्यरत अधिकारीहरूले अफगान कार्गो ट्रक चालकसँग कागजातहरू माग्न थालेपछि तोरखाममा सञ्चालित पाकिस्तान–अफगानिस्तान सीमामा व्यापारिक गतिविधि स्थगित गरिएको पाकिस्तानस्थित द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ । यस निर्णयले तालिबान अधिकारीहरूले पाकिस्तानमा प्रवेश गर्ने सबै सवारी आवागमन स्थगित गरेको जनाएका छन् ।

यसअघि जनवरीमा पाकिस्तानी प्रशासनले भिसा तथा कागजातसम्बन्धी नियमहरू लागु गरेको भन्सार अधिकारीले बताएका छन् ।

ट्रिब्यूनसँग कुरा गर्दै अधिकारीले छ महिनाको लागि तोकिएको अवधि सकिएपछि अफगान पक्षलाई बिहीबारदेखि पुन ः नियम लागु गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार भिसा र पासपोर्ट बिना दुई देशबीच थप यात्रा सम्भव हुने छैन ।

ट्रिब्यूनको रिपोर्टअनुसार नियम लागु गरेपछि तालिबानले मालवाहक सवारीको आवागमनमा रोक लगाई अर्को आदेश जारी नभएसम्म तोरखामको व्यापारिक नाकालाई बन्द भएको घोषणा गरेको छ ।

पाकिस्तानी चालकलाई कागजात बिना अफगानिस्तानमा प्रवेश गर्न अनुमति नदिइएको बताउँदै पाकिस्तानले व्यापारिक गतिविधि रोक्न बाध्य पारेको भन्दै सिमानाकामा आवागमन र कारोबार बन्द हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्