४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

ढुङ्गा लागेर बालिकाको मृत्यु

२० साउन, बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका – १ जोरुका नन्दे कुमालकी १४ बर्षिया छोरी आकाशी कुमालको मृत्यु भएको हो ।

गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडक खण्डमा गोरु चराउन गएका बेला डोजरले खनिरहेको ढुगां खसेर बालिका घाइते भएकी थिइन ।

घाइते भएकी बालिकालाई उपचारका लागि शनिबार दिउसो कोल्टी अस्पतालमा ल्याइएको र उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलीप कुमार गिरीले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्