Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह नियुक्त

राताे कागज स‌‌वाददाता
9 महिना अघि

२० साउन, कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश संसदीय दलका नेतासमेत रहेका शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । उनले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया