४ आश्विन २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार

मिटरब्याज कारोबारी पक्राउ

२० साउन, काठमाडौं । अनुचित लेनदेन(मिटरब्याज)सम्बन्धि कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । ललितपुरको टिकाथली घर भएका मधुकर बस्नेतलाई झापा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इटहरीबाट पक्राउ गरिएको जिप्रका झापाका डिएसपी कृष्णबहादुर चन्दले बताए । प्रहरीमा मुद्दा दर्ता भएपछि बस्नेत भूमिगत थिए । मिटरब्याजमा पैसा लगाएर उनले त्यसको कयौं गुणा असुलेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्