७ आश्विन २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा

२१ साउन, काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

सरकारी रोजगारीमा रहेको आरक्षण कोटा प्रणालीको विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् ।

हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकास सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने बताएका हुन् ।

अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको बताए । तर हसिनाको दल अवामी लिगको भने उनले नाम लिएनन् ।

साँझसम्म एउटा निकासमा पुग्ने आश रहेको भक्न्दै उनले भने, ‘अवस्थामा सुधार आयो भने कफ्र्यू आवश्यक हुन्न ।’

उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे । अब सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै सेना प्रमुखले भने, ‘देशलाई धेरै क्षति भयो । अर्थ व्यवस्था प्रभावित भयो कयौं मानिस मानिए । मलाई आश छ, यो सम्बोधनपछि अवस्थामा सुधार आउनेछ ।’

प्रतिक्रिया दिनुहोस्