४ आश्विन २०८१, शुक्रबार
खेलकुद समाचार समाज

नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

२१ साउन, काठमाडौं ।  । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ ।

नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी-२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जीसी र अभिनाश बोहरालाई बन्द प्रशिक्षणमा बोलाइएको छैन ।

नेपाल ए मा राम्रो प्रदर्शन गरेका बायाँहाते स्पिन अलराउण्डर बसिर अहमदले प्रशिक्षणमा फर्किने अवसर पाएका छन् ।

यस्तै टी-२० विश्वकप खेलेको टोलीमा नभएका देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ र रिजन ढकाल पनि छन् ।

टोलीले एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्