७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

हैजा नियन्त्रणका लागि १४४ अस्पतालमा निगरानी

२२ साउन, काठमाडौं । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामकालागि देशभरका १४४ अस्पतालहरुमा उपचाररत झाडापाखलाका बिरामीहरुमानियमित रुपमा हैजाको निगरानी गरिरहेको जनाएको छ ।

मंगलबार मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामकालागि स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले गरिरहेको काम र योजना सार्वजनिकगर्दै हैजा प्रभावित क्षेत्रहरूमानियमित केस अनुसन्धान, बिरामीहरूको सक्रियखोजीर केसको प्रत्यक्ष सम्पर्कमा आएकाव्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको जनाएको हो ।

स्वास्थ्यमन्त्रालयकाअनुसार, जिल्ला र स्थानीयतहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धीकार्य प्रभावकारी रूपमाभइरहेको छ।
एउटै टोलबाट एक हप्ताभित्रमापाँचजनाभन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्ब र १११५मा सम्पर्क गरी जानकारी गराउन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले केन्द्र, प्रदेश तथा स्थानीयतहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रियबनाई खाद्य गुणस्तर निगरानीतथाअनुगमनकार्य योजनाबनाएको समेत जनाएको छ ।

प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागिआवश्यकताअनुसार विज्ञ परिचालन गर्ने, नियमितनिगरानी, प्रतिकार्य तथामहामारी व्यवस्थापनकार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवालानिकायहरु विचएकिकृत समन्वयतथा सहकार्य गर्ने तथाराष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धीआवश्यककार्य गर्नेदमन्त्रालयको योजना छ ।

प्रतिक्रिया दिनुहोस्