४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

डेंगी संक्रमणबाट एक जनाको मृत्यु

२२ साउन,काठमाडौँ । डेंगी संक्रमणबाट तनहुँमा १ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले डेंगी संक्रमणका कारण तनहुँमा एक जनाको मृत्यु भएको जनाएको हो ।

गत पुसदेखि हालसम्म देशभर २ हजार ३ सय ६५ जनाबाट संक्रमित छन् । डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा ५ सय ३७, मधेशमा ४६, वाग्मतीमा ७ सय ४७, गण्डकीमा ५ सय ८, लुम्बिनीमा २ सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा २ सय ४२ जना संक्रमित भएका हुन् ।

काठमाडौं उपत्यकामा २ सय ८७, कास्कीमा १ सय ३७, झापामा १ सय ३३, चितवनमा १ सय १६ र तनहुँमा १ सय १० जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्