३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

विदेश पठाउँछु भन्दै २ करोड ठगी गर्ने ठाकुर पक्राउ

२२ साउन,काठमाडौँ ।  वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका-६ का ३२ वर्षीय गुनेश कुमार ठाकुर छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।

बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालिबाट दुबई, कतार, साउदी, मलेसिया र कुवेत पठाउने भन्दै ८५ जनाबाट १ करोड ९७ लाख १७ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ठाकुर र रवीन्द्र सापकोटा साझेदारी भएर उक्त मेनपावरमार्फत ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका ठाकुरलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्