७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

गर्भावस्था अल्ट्रासाउन्ड कति जोखिमपूर्ण ?

२३ साउन,  काठमाडौं । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ ।

गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको छ कि छैन् भन्ने कुराको मूल्यांकन गर्नका लागि चिकित्सकहरुले समय–समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् ।

तर केही कतिपयको मनमा अल्ट्रासाउन्ड गर्दा पेटमा भएको बच्चालाई केही असर गर्ने होकी भन्ने डर पैदा भएको पनि पाइन्छ । यसै सन्दर्भमा रहेर नेपाल इन्टरनेसनल हेल्थ सर्भिस (एनआइएचएस)का रेडियोलोजिष्ट विष्णु सिग्देलले गर्भअवस्थामा अल्ट्रासाउन्डले पेटमा भएको बच्चा र आमालाई कुनै असर नगर्ने बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने,‘अल्ट्रासाउन्ड हामीले जति पटक पनि गर्न सक्छौं । १०–१५ पटक पनि गर्न सक्छौं । केही फरक पर्दैन । हाम्रो सोचाइ एक्सरेहरु जस्तै अल्ट्रासाउन्डले पनि कतै रेडियसन फाल्ने होकि अथवा पेटमा भएको बच्चालाई पनि केही असर गर्ने हो कि भन्ने कुराले डर पैदा भएको पाइन्छ । कति विरामीहरुमा त्यो डर मैले पनि देखेको छु । अल्ट्रासाउन्ड जति पटक गर्दा पनि केही फरक पर्दैन ।’

उनले तीन पटकसम्म गर्न पाइने डब्लुएचओले पुष्टि गरिसकेको र नेपालमा चाँही पूर्व गर्भ अवस्थाभर चार पटकसम्म गर्ने गरिएको बताए । तर आवश्यकता अनुसार आमा र बच्च दुवैको अवस्था हेरेर जतिपटक पनि गर्न सकिने उनले स्पष्ट पारे ।

‘गर्भअवस्थामा एक्सरे चाँही सकेसम्म नगरेको नै ठिक हुन्छ, गर्नुपनि हुँदैन् । तर कहिलेकाहीं यदी ज्यान खतरामा प¥यो भने ठूलो दुर्घटनामा प¥यो भने र हेर्ने पर्ने त्यस्तो अप्ठ्यारो अवस्था आयो भने मात्र गर्नु राम्रो हुन्छ,’सिग्देलले भने ।

तर पनि सकेसम्म पहिलो तीन महिना चाँही नगर्न र त्यसपछि आवश्यकता अनुसार आमाको ज्यान नै खतरामा भयो भने ज्यान बचाउन गर्न एवम नौं महिनासम्म एक्सरे नगर्दा नै उपयुक्त हुने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्