३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

काठमाडौँबाट बैतडीका लागि उडेको हेलिकप्टर आकस्मिक अवतरण

२३ साउन, काठमाडौं । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आपत्कालीन अवतरण गरिएको छ। आज दिउँसो साढे ४ बजे बैतडीका लागि उडेको उक्त हेलिकप्टरलाई मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वडा १ को बगरमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले बताए ।

काठमाडौँबाट नेपालगन्ज लागि उडेको उक्त हेलिकप्टर नेपालगन्जपछि बैतडी जाने योजना रहेको समेत उनले खुलाए ।

प्रतिक्रिया दिनुहोस्