३१ भाद्र २०८१, सोमबार
अनौठो संसार मुख्‍य समाचार समाचार समाज

कुकुरलाई अत्यधिक खुवाएर मारेको आरोपमा २ महिनाको जेल सजाय

२४ साउन, काठमाडौं । न्यूजिल्यान्डमा एक जना महिलालाई २ महिनाको जेल सजाय सुनाइएको छ । घरमा पालेको कुकुरलाई अत्यधिक खुवाएर मारेको आरोपमा नाम नखुलाइएको ती महिलालाई सो सजाय सुनाइएको हो ।

धेरै खाएकै कारण नुगी नाम गरेको सो कुकुर हिँड्न समेत नसक्ने गरी मोटो भएको थियो । सन् २०२१ को अक्टोबरमा अकल्यान्डस्थित घरबाट पशुमाथि हुने क्रूरता रोक्न बनेको संस्था (सीपीसीए)ले उद्धार गर्दा नुगीको तौल ५३ दशमलव ७ केजी थियो । उसका साना खुट्टाले शरीरको तौल थेग्नै सक्दैनथ्यो ।

१० मिटरको दूरी पार गर्न पनि पटक पटक रोकिएर हिँड्नु पर्थ्यो । कुकुरको ज्यानमा यति धेरै बोसो थियो कि भेटनरी डाक्टरले जाँच्ने बेलामा मुटुको धड्कन सुन्नै सक्दैनथे । हिँड्नै नसक्ने भएर जति बेला पनि सुतिरहँदा कुकुरको कुहिना र पेटमा घाउ नै घाउ थियो ।

नुगीको मालिकले उसलाई दिनकै ८/१० टुक्रा मासु र बिस्कुट खुवाउँथे । तर उसको स्थितिलाई बेवास्ता गर्दै उसको मालिक चाहिने भन्दा बढ्दा खुवाउन बन्द गरेनन् ।

सीपीसीएले उद्धार गरेपछि कुकुरको तौल झन्डै नौ  किलो घटेको थियो । तर अत्यधिक तौलका कारण नुगीमा कलेजोमा रोग लगायत अनेक समस्या देखिएको थियो । कलेजोमा समस्याकै कारण उद्धार गरिएको केही महिनामै कुकुरको मृत्यु भयो ।

गएको हप्ता मानुकाउ जिल्ला अदालतले नुगीको मालिकलाई १ हजार १२२ न्यूजील्यान्ड डलर जरिवाना तिर्न आदेश दिँदै एक वर्षसम्म घरमा कुकुर पाल्न अयोग्य ठहर गरेको छ । साथै दुई महिनाको जेल सजाय पनि सुनाएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्