८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

कठिन समयमा आमालाई सहयोग गर्न नसकेकामा पूर्वप्रधानमन्त्री हसिनाकी छोरीद्वारा दुःख व्यक्त

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले देशको कठिन समयमा आफ्नी आमाको दुःखमा साथ दिन नसकेकामा निराशा व्यक्त गरेकी छिन् ।

उनले बङ्गलादेशमा द्वन्द्वका कारण ज्यान गुमाएकाप्रति दुःख प्रकट गर्दै र देशमा जारी अशान्ति छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे।

दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को क्षेत्रीय निर्देशक शेख हसिनाकी छोरी साइमाले सामाजिक सञ्जाल एक्समा भनीन, “मेरो देशमा भएको मानवीय क्षति हृदयविदारक छ । म यो कठिन समयमा मेरी आमाको साथमा हुन सकिँन । म डब्ल्यूएचओले प्रदान गरेको भूमिकाका लागि प्रतिबद्ध छु ।”

साइमाले यस वर्षको फेब्रुअरीमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि डब्ल्यूएचओको क्षेत्रीय निर्देशकको रूपमा कार्यभार सम्हाल्नुभएको थियो । साइमा यो पद सम्हाल्ने पहिलो बङ्गलादेशी र दोस्रो महिला हुनुहुन्छ ।

विद्यार्थी नेतृत्वको विद्रोहका कारण शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएपछि बङ्गलादेशले अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ ।

शेख हसिनाले बङ्गलादेशको प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर देश छोडेको एक दिनपछि राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले अन्तरिम प्रशासन गठनका लागि देशको संसद् विघटन गरीन।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ ।

मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले बिहीबार राति शपथग्रहण गर्ने डेली स्टारले जनाएको छ ।

सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकारमा अहिले १५ जना सदस्य हुनसक्ने सङ्केत गरेको छ । अन्तरिम सरकारका सदस्यहरूको नाम सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्