८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

जटिल प्रकारका रोगीलाई एक लाख रुपैयाँले पुग्दैनः मन्त्री पौडेल

२४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले नपुग्ने बताएका हुन् ।

उनले भने, ‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ । जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु आवश्यक छ ।’

साथै उनले सञ्चालनमा नआएका स्वास्थ्य संस्था छिटो भन्दा छिटो संचालनमा ल्याउन लागेको बताए ।  उनले सेवा सुविधा प्रदान गरिरहेका र प्रभावकारी हुन नसकेका  अस्पतालहरुमा  सेवा सुविधा प्रभावकारी बनाउनको  लागि जनशक्ति थप गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्