३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

फेक आइडीको भर पर्दा किशोरीमाथि सामूहिक बलात्कार

२४ साउन, काठमाडौं । कैलालीमा फेसबुकमा फेक आइडीको भर पर्दा एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । गोदावरीकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको सिकार भएकी हुन । प्रहरीका अनुसार फेक फेसबुक आइडी बनाएर किशोरीसँग कुराकानी गर्दै जंगल लगेर बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापालाई पक्राउ गरिएको छ ।

थापाले ९ साउनको राति किशोरीलाई घर बाहिर भेट्न बोलाएका थिए । उनलाई थापाले मोटरसाइकलमा राखेर राति साढे १ बजेको समयमा गोदावरीकै मालाखेती जंगलमा लगेर अन्य चार जना साथिहरुलाई बोलाएका थिए ।

उनीहरुले सामूहिक बलात्कार गरेपछि राति नै घरमा पुगाएका थिए । किशोरीले आफूमाथि सामूहिक बलात्कार गर्ने थापासहितका युवालाई चिनेकी थिइनन् । उनले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा किशोरीलाई फेक आइडीबाट कुरा गर्ने व्यक्ति थापा भएको खुलेको थियो ।

थापालाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखिएको छ । बलात्कारमा संलग्न अन्य युवाहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्