३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भोलि पनि सार्वजनिक बिदा

२४ साउन, धनगढी । कैलालीको धनगगढी उपमहानरपालिकाले पनि भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले गुरही पर्व र नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्धारा जारी सूचनामा उपमहानगरपालिका अन्तरगतका सम्पुर्ण सरकारी कार्यालय, शैक्षिक संस्थाहरु एवम् संघ सस्थाहरुमा विदा दिइएको उल्लेख छ ।

यसअघि कैलाली मै रहेको गोदावरी नगरपालिकाले पनि गुरही पर्व र नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्