७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

१० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन कांग्रेस नेतृ  डिला संग्रौलाको प्रस्ताव

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले देशलाई रुपान्तरण गर्नेगरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन प्रस्ताव गरेकी छिन् ।

त्यस्तै उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने गरी स्पष्ट रोडम्याप र एजेण्डा तय गर्न नेतृत्वलाई सुझाव दिएकी छिन् ।

बिहीबार सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा।संग्रौलाले भनिन्, ‘हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गरयौं, तर हाम्रो एजेन्डा के हो रु भिजन के हो रु देशलाई रुपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन, सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु।’

त्यस्तै उनले सरकार निरंकुश बन्छ कि भन्ने त्रास बढीरहेकाले कांग्रेस स्वयमले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुलाई प्रशिक्षण, छलफल र अन्तरक्रिया गराउनुपर्ने बताइन् । भ्रातृ संगठनहरुको अधिवेशन लामो समयदेखि हुन नसक्दा देशभर संगठनको गतिविधि सुस्त भएको, चहलपहल घटेकाले तत्काल अधिवेशन गराएर संगठनलाई चलायमान बनाउन उनले माग गरिन् ।

डा संग्रौलाले नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्ने पनि बताइन ।

‘संविधान संशोधन गर्न सामान्य प्रक्रियाले सम्भव नहुने भएकाले  पहिले पुनरवलोकनका लागि विशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय कार्यदल  ९टास्क  फोर्स० बनाउन कांग्रेसले प्रस्ताव अघि बढाउनुपर्छ । समितिले तयार पारेको प्रतिबेदनमा दलहरु सहमत भएपछि संविधान संशोधनको प्रस्ताव विधेयकको रुपमा अगाडि बढाउन कांग्रेसले पहलकदमी लिनुपर्छ । पुनरवलोकन गर्दापनि गाउँगाउँ र दुरदराजसम्म पुगेर जनमत संकलन गर्न पनि म सुझाव दिन चाहन्छु,’उनले भनिन्  ।

प्रतिक्रिया दिनुहोस्