३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय प्रवास मुख्‍य समाचार राजनीति समाचार

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा नेविसंघको चासो

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा चासो व्यक्त गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति निकालेर नेपाली विद्यार्थी र अन्य समुदायको सुरक्षामा चासो राखेका हुन् ।

बंगलादेशको नवगठित सरकारले विद्यार्थीहरुलाई विश्वविद्यालय पठाउन सहज वातावारण बनाउने अपेक्षा नेविसंघले राखेको छ ।

संघले बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भएको हिंसाप्रति पनि चिन्ता व्यक्त गरेको छ ।

प्रधानमन्त्री शेख हसिनाको सत्ता बर्हिगमनपछि धार्मिक अल्पसंख्यकप्रति हिंसा बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नवगठित अन्तरिम सरकारले अल्पसंख्यक समुदायको सुरक्षा र अधिकारमा ध्यान राख्ने अपेक्षा रहेको नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्