८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार समाचार

जोरपाटीस्थित धागो फ्याक्ट्रीमा आगलागी

२५ साउन, काठमाडौं ।काठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको बताए । काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ ।

ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् । स्थानीय, प्रहरी र अन्य सुरक्षाकर्मीसहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्