८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सदस्यहरुको धारणा राख्नेक्रम जारी रहेको बताएका छन् ।

शुक्रबार बैठकपश्चात उनले बैठकको सुरुको दिनमा प्रस्तुत भएका विषयहरुमाथि धारणा राख्ने काम जारी रहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘नेपाली काङ्ग्रेसको २३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सुरुको दिनमा पदाधिकारीहरुको तर्फबाट महासमितिका प्रस्तावहरु जुन परिमार्जनसहति पास गर्नुपर्ने थियो त्यो प्रस्तुत भयो । साथै अन्य समसामयिक विषयवस्तु र संगठन परिचालन सम्बन्धी विषयहरु पनि प्रस्तुत भयो । यसमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ ।’  यसको साथै, साउन २८ गतेसम्ममा बैठक सकाउने तयारी रहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्