३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पेरिस ओलम्पिक: आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जित्याे स्वर्ण

२६ साउन,  काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबल तर्फ स्प्पेनले स्वर्णपदक हासिल गरेको छ ।

ओलम्पिक आयोजक फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण आफ्नो बनाएको हो । १९९२ पछि स्वर्ण जित्ने क्रममा स्पेनले अतिरिक्त समय कुर्नु परेको थियो ।

खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे र यो नै निर्णायक सावित भयो ।

पछिल्लो समय स्पेनले फुटबलमा आफूलाई विश्वकै उत्कृष्ट टिम भएको नतिजाद्वारा सन्देश दिइरहेको छ । पछिल्लो समय स्पेनले युरो २०२४ पनि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्