हसिना शेखका छोरा वाजेद बंगलादेशको राजनीतिमा आउने
२६ साउन, एजेन्स। आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी हसिना शेखका छोरा सजीव वाजेदले बंगलादेशको राजनीतिमा आउन आफू इच्छुक रहेको बताएका छन्।
राजनीतिमा आफ्नो आवश्यकता रहे आफू पछि नहट्ने वाजेदले बताएका छन्। राजनीति गर्ने कहिल्यै इच्छा नभएकाले अमेरिकामा बस्न पुगे पनि पछिल्लो घटनाक्रमले बंगलादेशमा नेताको आवश्यकता रहेको महसुस गरेर राजनीतिमा होमिने तयारी गरेको उनले अन्तर्वातामा उल्लेख गरेका छन्।
हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर निर्वासित भएको तेस्रो दिन बंगलादेशमा नोबल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा बिहीबार राति १७ जनाले शपथ लिएका छन्। देशभरबाट लाखौं आन्दोलनकारीहरू ढाका पुगेर प्रधानमन्त्री निवास घेर्न थालेपछि हसिना गत सोमबार देशै छाडेर भागेकी हुन्।
प्रतिक्रिया दिनुहोस्