३ आश्विन २०८१, बिहीबार
समाचार सुदूरपश्चिम

बैतडीका मानबहादुर मलेसियामै अस्ताए

२६ साउन, धनगढी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ ग्वानीका मान बहादुर बिष्ट मलेसियामा अस्ताएका छन् । हिजो शुक्रबार काम सकेर साझँ कोठामा फर्केका मान बहादुरको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए । मलेसियामै रहेका पूर्णबहादुर बिष्टकाअनुसार उपचारको क्रममा राती १० बजे मानबहादुरको मृत्यु भएको हो ।

मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मान बहादुरको शव पोस्टमार्टमका लागी अस्पतालमै राखिएको छ । आज आधा दिन कार्यालय खुला हुने भएका कारण पोस्टमार्टम हुन सकेको छैन । मलेसियामै रहेका पुर्ण बहादुर बिष्टका अनुसा आइतबार पनि विदा भएका कारण सोमबार मात्रै पोस्टमार्टम गरिने र अस्पतालले मृत्यु प्रमाणपत्र दिए पश्चात शव बुझिने छ । त्यसपछि मात्रै शव नेपाल ल्याउने प्रक्रिया शुरु हुने बताइएको छ ।

अधबैसे उमेरमा परदेशमै मान बहादुरको मृत्यु भएपछि उनको परिवार शोकमा डुवेको छ । परिवारको लालन पालन र बालबालिकाको भविश्य बनाउन परदेश पसेका मान बहादुर उतै अस्ताएपछि सिगों परिवार शोकमा छ । परिवारले उनको शव चाँडै नेपाल ल्याउने वातावरण मिलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्