३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

देशभर पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो

२६ साउन,  काठमाडाैँ । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । कैलालीसहित ललितपुर, काठमाडौँ, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्