३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

पहिरोमा परेर ४ जना घाइते

२६ साउन,  बाजुरा । बाजुरामा पहिरोमा परेर ४ जना घाइते भएका छन् । शनिवार बिहान हिमाली गाउँपालिका –३ बौडी स्थित गोरु खर्कमा पहिरो जाँदा ४ जना घाइते भएका हुन ।
घाइते हुनेमा प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा रहेको हिमाली गाउँपालिका – ३ का वडा अध्यक्ष मंगल बुढाले बताए ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलीप गिरीले पहिरो गएको ठाउँमा प्रहरीको टोली गएको बताए । प्रहरी घटनास्थलमा पुगेपछि पूर्ण विवरण आउने उनले बताए । पहिरोमा परेर केही पशु चौपाया पुरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्