३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

गाजाको विद्यालयमा इजरायलको आक्रमण, सयभन्दा बढीको मृत्यु

२६ साउन, काठमाडौं । गाजाको दराज जिल्लाको एक विद्यालयमा शनिबार बिहान इजरायलले गरेको हमलामा एक सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमण भएको विद्यालयमा धेरैले आश्रय लिइरहेका थिए । बिहानको नमाज पढिरहेका बेला आक्रमण भएको  उल्लेख छ ।

स्थानीयका अनुसार विद्यालयमा एकपछि अर्को गरेर तीन रकेट प्रहार गरिएको थियो । उतका इजरायली सेनाले भने अल–ताबिन विद्यालय हमासको कार्यालयको रूपमा प्रयोग भएको दाबी गरेको छ । उसले सर्वसाधारणमाथि नभएर हमास आतंकवादीलाई लक्षित गरेर विद्यालयमा आक्रमण गरिएको दाबी गरेको छ ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आक्रमण गर्नुअघि सर्वसाधारणलाई हुने क्षति कम गर्न धेरै प्रयास गरिएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्