४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास

२६ साउन, काठमाडौँ । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।

जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम फाल्ने प्रयास गरेकी हुन् ।

उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा थिइन् । धर्नामा बसेकी शाही आज हाम फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् । तत्काल उनलाई प्रहरीले उद्धार गरेको छ ।

यसअघि वैवाहिक बलात्कार मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै आरती रावल गिरीले पनि यही पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्