४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

बांङ्गलादेशका प्रधान न्यायाधीशले दिए राजीनामा

२६ साउन, काठमाडौँ । बांङ्गलादेशका प्रधान न्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बांङ्गलादेशको पत्रिका द डेली स्टारले जनाएको छ ।

‘हाम्रा प्रधान न्यायाधीशले केही मिनेट अगाडि राजीनामा दिनुभएको छ । उहाँको राजीनामा पत्र कानून मन्त्रालयमा आइसकेको छ । हामी यो पत्र ढिला नगरी राष्ट्रपति समक्ष फटाउनेछौँ’, उनले शनिबार दिउँसो फेसबुकमा पोस्ट गरेको भिडिओमा भनेका छन् ।

शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बांङ्गलादेशको सर्वोच्च अदालतबाहिर प्रधान न्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानूनमन्त्री नजरुलले अरु न्यायाधीशको भने राजीनामा नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्