३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

‘पेटभरी खान नपाएर बालबालिका रोएको देख्दा आँसु आउँछ, म कसरी भ्रष्टाचार गर्न सक्छु’

२६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राष्ट्रको सम्पत्ति दुरुपयोग नगर्ने बताएका छन् ।

शनिबार लायन्स क्लबले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो उद्देश्य मुलुकको गरिबी घटाउने र सुव्यवस्था दिनेमा रहेको बताए ।

नेपालका २० प्रतिशत मानिसहरू अझै गरिबीको रेखामुनि रहेको र उनीहरूले आफ्नो छोराछोरीलाई पेटभरि खान दिन नसक्ने अवस्था रहेको ओलीले बताए ।

ती बालबालिका रोएको सम्झिँदा आफूलाई आँसु आउने भन्दै उनले भने, ‘म राष्ट्रको सम्पत्ति, सार्वजनिक सम्पत्ति जालझेल गरेर कसरी आफ्नो खल्तीमा सार्न सक्छु, त्यसकारण म भ्रष्टाचार गर्दिन । मलाई राज्यबाट केही लिनु छैन ।’

नेपाललाई अविकसितबाट विकसित बनाउने, उत्पादकत्व वृद्धि गर्ने र जनताको आम्दानी वृद्धि गर्नेमा आफ्नो ध्यान रहेको ओलीले बताए । ‘मुलुकलाई सुशासन दिनुछ, विकासको गति तिब्र गतिले अगाडि बढाउनु छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्