३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

नेपाली स्याटलाइट ‘मुनाल’ प्रक्षेपणमा भारतले सहयोग गर्ने

२६ साउन,  काठमाडौँ । नेपालले बनाएको भूउपग्रह ‘मुनाल’ प्रक्षेपण गर्न भारतीय विदेश मन्त्रालय र न्यू स्पेस इन्डिया लिमिटेड (एनएसआईएल)बीच सम्झौता भएको छ ।

मुनाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बनाएको स्याटलाइट हो । उक्त स्याटलाइट प्रक्षेपणका लागि अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा भारतको विदेश मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका छन् ।

सम्झौताको अवसरमा नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा. आभास मास्केको उपस्थिति थियो ।

यसअघि भारतीय विदेशमन्त्री एस। जयशंकरको सहभागितामा नेपाल (भारतबीचको संयुक्त आयोग बैठक (२०८० पुस १९)मा मुनाललाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको थियो ।

मुनाल स्याटेलाइट नास्टको सहयोगमा नेपालमा विकसित गरिएको स्वदेशी उपग्रह हो । नेपाली अन्तरिक्ष स्टार्टअप एपीएनले यस स्याटेलाइटको डिजाइन र निर्माणमा नेपाली विद्यार्थीहरूलाई सहयोग गरेको छ ।

यो स्याटेलाइट एनएसआईएलको पोलर स्याटेलाइट प्रक्षेपण बाहनमा छिट्टै प्रक्षेपण हुने अपेक्षा गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्