३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

हुम्लामा बोलेरो दुर्घटना

२६ साउन,  काठमाडौँ । सिमकोट गाउँपालिका– ६ स्थित तीन धारा क्षेत्रमा सदरमुकाम सिमकोट आउदै गरेको बोलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो।

सिमकोट गाउँपालिकाको– ६ को लाग्नाबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको बा ०१०२९ च ९८३८ नम्बरको बोलेरो जीप तीन धारा क्षेत्रमा विपरीत दिशाबाट आइरहेको अर्को जीपलाई छलाउने क्रममा सडकबाट खसेको हो।

दुर्घटनालगत्तै चालक, सहचालकसहित पाँच जनाको उद्धार भएको थियो। दुर्घटनाबाट जीपको अगाडिको भागमा क्षति पुगेको र यात्रुलाई केही पनि नभएको प्रहरीले जनाएको छ।

उहाँलाई कुनै चोटपटक नलागेको कारण आआफ्नो घर जानुभएको छ। जीप दुर्घटना लगत्तै स्थानीयवासीले उद्धार सुरु गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्