४ आश्विन २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मिर्गौला पीडितलाई १५ लाख सहयोग

२७ साउन, वालिङ । स्याङ्जाकी एक मिर्गौला पीडित महिलालाई रु १५ लाख रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–११ छाप घर भइ हाल गल्याङ बजारमा बस्दै आउनुभएकी जमुना थापाको उपचारका लागि नेपाल मगर सङ्घ गल्याङ नगर समितिले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत थापाको जीवन रक्षाका लागि नेपाल मगर सङ्घ गल्याङले ‘जमुना बचाऔँ’अभियानमार्फत देश तथा विदेशबाट रकम सङ्कलन गरिएको नेपाल मगर सङ्घ गल्याङका अध्यक्ष कुमार रानाले जानकारी दिए ।

“दुवै मिर्गौलाले काम गर्न छाडेको थाहा पाएपछि उपचारकाका लागि आर्थिक अभाव भएकाले सङ्घमार्फत सहयोग जुटाउने अभियान चलाएका हौँ”,उनले भने, “सङ्घले थालेको अभियानमा देश तथा विदेशका विभिन्न ठाउँबाट सहयोग जुटेको छ ।”सङ्कलन भएको रकम पीडितलाई हस्तान्तरण गरिएको छ । अहिले पनि रकम सङ्कलन हुने क्रम जारी छ । गत जेठ १७ गतेदेखि रकम सङ्कलन अभियान थालिएको हो । मिर्गौला पीडित जमुनाको उपचार पोखरामा भइरहेको छ । उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्