३१ भाद्र २०८१, सोमबार
अनौठो संसार मुख्‍य समाचार समाचार समाज

श्रीमती साटासाट गर्ने खेलमा २१ वर्षीया युवती बनिन् शिकार

२७ साउन, काठमाडौं । पत्नी साटासाट (वाइफ स्वैपिंग) गर्ने खेल बारे सुन्दा सहजै पत्याउन सकिँदैन तर एउटा घटना प्रहरीमा पुगेपछि रहस्यको पर्दा च्यातिएको हो ।

जसमा पतिले पत्नीलाई अर्कैसँग साट्न खोज्दा उनी भागेर प्रहरीसँग पुगेपछि यो ठूलो सञ्जालको रुपमा रहेको खुल्न आएको हो । भारतको भोपालकी नवविवाहित २१ वर्षीया महिला भागेर प्रहरीमा पुगेपछि घटना बाहिर आएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाँचतारे होटलका म्यानेजर पतिले पत्नी साटासाट खेलमा पत्नीलाई प्रयोग गर्न खोजेका थिए तर पत्नीले नमानेपछि उनलाई यातना दिइएको थियो । पतिले लगातार दबाब दिन थालेपछि पत्नी भागेकी थिइन् । पतिले पत्नीलाई कुटपिट समेत गरेको बताइएको छ । उनका पति मोहम्मद अम्मारले आफूलाई नयाँपिँढी र शिक्षित बताउँदै पत्नी साटासाट गर्नुलाई सामान्य मान्ने गरेका छन् । तर पत्नीले सहमत नभएपछि उनलाई गवाँर भन्दै यातना दिएपछि घटना प्रहरीसम्म पुगेको हो ।

प्रहरीले उनका पतिलाई पक्राउ गर्न खोजी गरिरहेको छ । युवतीले बताए अनुसार यो ठूलो नेटवर्क छ । शारीरिक सन्तुष्टिका लागि एकले अर्काकी पत्नी भोग गर्ने यसको विशेषता रहेको छ । आफ्नी श्रीमती सम्पर्कमा आएका व्यक्तिलाई सुम्पिने र उनकी श्रीमती आफूले लिएर भोगविलास गर्ने उनीहरुको तरिका थियो ।

यसमा खान्दानी परिवारहरुको सम्लग्नता रहेको युवतीको उजुरीमा खुलेको छ । प्रहरीले गहिरो अनुशन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्