४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

‘प्रचण्ड’ र नारायणकाजीले सुन तस्करको जस्तो व्यवहार गरेको पूर्वसभामुख घर्तीको गुनासो

२८ साउन,  काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूमाथि सुन तस्करीको आरोप लागेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फोन नउठाएकोमा गुनासो पोखेकी छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकको तेस्रो दिन हिजाे आइतबार घर्तीले उक्त गुनासो राखेकी हुन् । बैठकमा सहभागी एक स्थायी समिति सदस्यकाअनुसार आफूलाई सुन तस्कर भएजसरी नेतृत्वले व्यवहार गरेकोमा चर्को असन्तुष्टि राखेकी थिइन् ।

सुन तस्करीको आरोप लागेका व्यक्तिहरूसँग घर्ती र उनका श्रीमान् तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सँगै खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनीहरू विवादमा तानिएका थिए । त्यतिबेला अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए ।

साथै उनले विचारको विकास र पार्टी निर्माणमा ‘प्रचण्ड’ले राखेको प्रस्तावको समर्थन गर्दै अहिले नै उनको विकल्प खोज्ने बेला नभएको विचार राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्