४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पहिरो गएर दुई घर भत्किए

२८ साउन,  काठमाडौँ । बैतडीमा हिजाे पहिरो गएर दुई घर भत्किएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका-३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् ।

चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर आइतबार बिहान भत्किएको स्थानीय प्रदीपकुमार जोशीले बताए । घरमुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन् । मानवीय तथा चौपाया क्षति भने नभएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्