३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

माओवादीले भन्यो-तत्काल नेतृत्वमा ‘प्रचण्ड’को विकल्प छैन

२८ साउन,  काठमाडौँ । नेकपा माओवादी केन्द्रले तत्काल नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको जनाएको छ । स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न सुझाव दिएकोबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले सांगठानिक विधिबाट नै निष्कर्षमा पुग्ने बताए ।

उनले भने, ‘नेतृत्वबारे सांगठानिक विधिबाट जानुपर्छ भन्नेमा जोड दिनुभएको छ । सामूहिक नेतृत्वमा केन्द्रिकृत अभिव्यक्ति र त्यसको नेतृत्व कमरेड प्रचण्डबाट मात्रै हुन्छ । तथ्यबाट सत्य खोजेर उद्देश्यमा केन्द्रित भएर भविष्यमा केन्द्रित हुनुपर्छ ।’

उनले बैठकमा बोलेका अधिकांशले विचार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आत्मसमीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएको बताए ।

उनले थपे, ‘पार्टी कमिटीलाई सानो बनाउनुपर्छ, समाजवादीको अगुवाइ गर्नुपर्छ, हामीबाट नै समाजवादी प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ, परिवर्तनको पक्षधर माओवादी भएकाले एकताबद्ध भएर जानुपर्छ, आलोचना पनि सकारात्मक र रचनात्मक कोणबाट भएको छ ।’

यो बैठकमा केन्द्रीय समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्