४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

बङ्गलादेशमा रहेका नेपालीलाई सकुशल स्वदेश फर्काउन मुस्लिम

२८ साउन,  काठमाडौँ । मुस्लिम इत्तेहात संगठन नेपालले बङ्गलादेशको आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलङ्घन, जातीय र धार्मिक स्वतन्त्रताको उलङ्घनको विपक्षमा रहेको स्पष्ट पारेको छ ।सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाँले सोमबार विज्ञप्ति जारी गर्दै बङ्गलादेशको आन्दोलनबाट उत्पन्न घटनासँग जोडेर सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नचाहने तत्त्वहरूले फैलाउन खोजिरहेको गलत क्रियाकलापप्रति असहमति जनाएका छन् ।

‘जातीय, धार्मिक र सामुदायिक सद्‌भाव बिथोल्ने त्यस्ता क्रियाकलापबारे सरोकारवाला पक्षलाई समयमै सचेत बन्न पनि अनुरोध गर्दछौँ’, अध्यक्ष मियाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सङ्गठनले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी, व्यवसायी र पर्यटकको सुरक्षा तथा नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

‘साथै खुल्ला सिमानाको कारण बङ्गलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहन्छ । त्यसैले विगतमा सुनियोजित रूपमा रोहिंग्या र भुटानी शरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रति नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन अपिल गर्दछौँ’, सङ्गठनले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्