३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार सूचना प्रविधि

नेपालमा पहिलोपटक रोबोटिक शल्यक्रिया

२९ साउन, काठमाण्डौं । नेपालमा पहिलोपटक रोबोटिक शल्यक्रिया गरिएको छ । काठमाण्डौंमा रहेको बिएण्डबी अस्पतालले नेपालमै पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको हो ।

यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउँन, रिकभरी समय कम गर्न र बिरामीका लागि छिटो स्वास्थ्यलाभ हुने जनाइएको छ ।

बिएण्डबी अस्पतालका प्रा. डा. जगदीशलाल बैद्यले भने, ‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौं । यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो । रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ, यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्