९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रास्वपाको समर्थन

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

परियारले भने, ‘आजको बैठकमा टिआरसीसम्बन्धि विधेयक संसदमा दर्ता गरिएको छ । त्यसबारेमा पनि संसदमा छलफल गरेका छौं । संसदका गतिविधि र मुद्दाहरु कसरी अगाडि बढाउने भन्ने विषयमा नै छलफल भएको हो । हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयक दर्ता गराउने तयारी गरेका छौँ । छलफल हुँदै छ सम्भवतः आज नै दर्ता गछौं ।’

प्रतिनिधि सभाको जारी बैठकमा पेस हुन लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रास्वपाले समर्थन गर्ने परियारको भनाइ छ ।

त्यस्तै, पार्टी सभापति रवि लामिछानेले उद्योग व्यवसायीहरुले बाँकी बक्यौता तिर्नुपर्ने बताए ।

उनले भने, व्यवसायीहरुले प्रयोग गरेको विद्युतको बाँकी बक्यौता तिर्नुपर्छ, नो ‘इफ’ र नो ‘बट’ भनेर संसदमा पनि भनेका छौं । जसरी सर्वसाधारणले तिर्दै आएका छन् त्यसरि नै सबै जनाले बक्यौता तिर्नुपर्छ । यो कुनै प्रधानमन्त्री र मन्त्रीले आदेश दिने कुरा होइन । भष्ट्राचारमा समेत कुनै हदम्याद हुनु हुदैँन । मान्छे मरिसकेपछि पनि सजाय सुनाइएको हुनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्